प्रेस शो मा रुचाइयो डमरुको डन्डीबियो, भिन्न विषयले तान्यो सबैको ध्यान


Filmy Kura, May 4, 2018 at 5:54 pm


शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डन्डीबियो’ लाई प्रेस शोमा हेर्ने पत्रकार, कलाकार तथा अन्य आमन्त्रित अतिथीले मन पराएका छन् । कुमारी हलमा गरिएको प्रेस शो फिल्मका कलाकार सँगै अन्य चलचित्रकर्मी उपस्थित थिए ।

खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङको मुख्य भूमिका रहेको फिल्मलाई धेरैले फरक स्वादको भनी प्रतिक्रिया दिएका थिए । त्यसो त फिल्म खेलसँग सम्बन्धित भएपनि यसले कमर्सियल पाटोलाई समेत निकै ध्यान दिएको छ । फिल्म हेर्ने अधिकांशले नौलो विषयलाई न्यायपूर्ण ढङ्गले फिल्ममा प्रयोग गरिएको बताए । चलचित्रबाट प्राप्त प्रतिक्रियाबाट कलाकारहरु हौसिएका थिए ।

स्वयम कलाकार खगेन्द्रले लेखेको यस फिल्मलाई छेतेन गुरुङले निर्माण गरेका हुन् । चलचित्रका निर्माता भने विनोद गुरुङ र नोर्बु छिरिङ हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो