निर्माताले फिल्म चलाउन रोक लगाउने, चलचित्र संघले गर्‍यो वार्ता कमिटी गठन


Filmy Kura, May 4, 2018 at 9:57 pm

फिल्म मेकर्सहरुको संस्था चलचित्र निर्माता संघले हलवालाहरुको मनोमानी प्रति लक्षित गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बसेको निर्माता संघको बैठकले जेठ १ देखि ४ गते सम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

जसअन्तर्गत जेठ १ गते विभिन्न हलहरुमा पुगेर कालोपट्टी बाधी उपस्थित हुने कार्यक्रम रहेको छ । त्यस्तै जेठ २ गते चलचित्र विकास बोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्न दबाब दिदै धर्ना दिने बताइएको छ । त्यसो त यो आन्दोलन निर्माताहरुकै हक हितका लागि भएको भन्दै संघले ४ गतेबाट सम्पूर्ण सिनेमा हलहरुमा कुनै पनि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय समेत गरेको छ ।

यता निर्माताहरुले फिल्म चलाउनै रोक लगाउने कठोर निर्णय गरेपछि शुक्रबार नै चलचित्र प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले पनि वार्ता कमिटी गठन गरेको छ । क्यूएफएक्स हलका निर्देशक भाष्कर ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली चलचित्र संघले गठन गरेको हो । निर्माताहरुले आन्दोलनको कार्यक्रम घोषणा गरे लगत्तै जेठ १० गते भित्रै समस्याको समाधानका लागि वार्ता प्रक्रिया अगाडि बढाउने गरी संघले समय सिमा तोकेको हो ।

साथै संघले सार्वजनिक गरेको विज्ञप्तीमा बक्स अफिस कार्यान्वयनमा जाने निर्णय गरिएको उल्लेख छ । हाल चलचित्र संघको नेतृत्व प्रदीप उदयले गरिरहेका छन् । यता निर्माता संघको नेतृत्व भने निर्माता आकाश अधिकारीले गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो