मसलेदार बनेर आयो हैरान ट्रेलर, सत्यराजको देखियो सशक्त भिलेन रुप


Filmy Kura, May 7, 2018 at 11:58 am


अचेल कमेडी जनराको चलचित्रको दबदबा रहेको छ । यसैबीच कमेडी र एक्सनले भरिभराउ चलचित्र ‘हैरान’ को ट्रेलर रिलिज भएको छ । देशव्यापी रुपमा प्रतिभा खोजीको लागि अडिसनमा मोफसल रहेको बेला ‘हैरान’ यूनिटले युट्युव मार्फत फिल्मको मसलेदार ट्रेलर सार्वजनिक गरेको हो ।

गायक समेत रहेका कलाकार सत्यराज आचार्यको लुक्स धेरैको लागि नौलो सावित हुन सक्छ । उनको सशक्त भिलेन अवतार ट्रेलरमा निकै आकर्षक देख्न सकिन्छ । यस्तै दुई हास्यकलाकार बुद्धि तामाङ ‘हैट’ र सागर लम्साल ‘बले’ को उपस्थिती दर्शकलाई होल्ड गर्न थप मद्दत पु¥याउने हतियार हो भन्दा फरक पर्दैन । त्यसको अलवा बरिष्ठ कलाकार सरोज खनाल, नायक गजित विष्ट र नायिका निष्मा घिमिरेको समेत प्रमुख भूमिका यस फिल्ममा दर्शकले हेर्न पाउनेछन् । गिनिज बुकमा दर्ज भइसकेका संसारकै कान्छो निर्देशक सौगात विष्टले यो चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रलाई गम्भिर विष्टले लेखेका हुन् । आगामी जेठ ४ गते फिल्म प्रदर्शन हुने निर्माण यूनिटले जनाएको छ । यद्धपि हाल नेपाल चलचित्र निर्माता संघले आन्दोलनको कार्यक्रम जेठ १ देखि सार्वजनिक गरेका कारण फिल्म लाग्ने नलाग्ने कुनै टुङ्गो भने लागेको छैन । निर्माता संघले सार्वजनिक गरेको कार्यक्रम अन्तर्गत जेठ ४ देखि कुनै पनि नयाँ नेपाली चलचित्र रिलिज हुने छैनन् । ‘हैरान’ लाई मुक्ति घले, श्रृष्टि घिमिरे, डा. वाइएल लामाले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो