कपी गरिएको फिल्मको ट्रेलरले लियो पिकअप, २४ घण्टा नपुग्दै हेरियो तीन लाख पटक


Filmy Kura, May 8, 2018 at 2:18 pm


नेपाली चलचित्र क्षेत्र बलिउड फिल्मबाट निकै प्रभावित छ । कपितय बलिउड फिल्मका स्टोरी देखि संवादसम्म नेपाली फिल्ममा हुबहु प्रयोग गरिने कुरा यहाँलाई भनिरहनु नपर्ला । यसैबीच सोमबार दिउँसो एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘झमक बहादुर’ को ट्रेलर रिलिज गरियो । जून चलचित्रको ट्रेलर बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’ सँग मिलेको धेरैले भान पाए । कतिपयले तुरुन्त यो चलचित्र कपी गरिएको रहेछ भन्दै प्रतिक्रिया समेत दिए । यद्धपि फिल्म निर्माण यूनिटले यो विषयमा स्पष्ट कुरा राखेको छैन ।

ट्रेलर रिलिज गरिएको २४ घण्टा नपुग्दै युट्युवमा यसलाई झण्डै तीन लाख पटक हेरिएको छ । २३ घण्टामा २ लाख ६३ हजार भ्युज रहेको यो ट्रेलर कमेडी नै कमेडीले भरिएको छ । फिल्म श्रावण १८ गते रिलिज हुने जनाइएको छ । चलचित्रमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिन कुमार थापा लगायतले अभिनय गरेका छन् । मिन कुमार तामाङ निर्मित यो चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन् ।

त्यसो त एकाध फिल्म मेकरले मात्र आफ्नै मौलिक विषय, संस्कृति अनि परिवेशका चलचित्र निर्माण गरिरहेका छन् । होइन भने अधिकांश निर्देशक देखि मेकरसम्म चोरीको कथा, संवाद र अभिनयलाई नै नेपाली फिल्ममा उतारेर गर्व गरिहेका छन् । सिर्जनात्मक अभिव्यक्तिको माध्यम सिनेमालाई हल्का रुपमा लिनाले नै यो क्षेत्र कमर्सियल हुन नसकेको हो भन्दा फरक पर्दैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो