प्रेमलिलामा परेकी दीपशिखाको मुण्डन अवतार, आखिर किन?


Filmy Kura, May 8, 2018 at 2:33 pm


बलिउड अभिनेता अलि खानसँग नायिका तथा निर्मात्री दीपशिखा खड्काले एकसाथ चलचित्र ‘प्रेमलिला’ मा अभिनय गरेकी छिन् । फिल्ममा दीपशिखा मुण्डन अवतारमा देखिएकी छिन् । हाल चलचित्रको पोखरा अनि काठमाडौंमा धमाधम छायांकन भइरहेको छ ।

पहिलो पल्ट नेपाली चलचित्रमा देखिएका बलिउड कलाकार अलिले ‘प्रेमलिला’ मा काम गर्न पाउदा खुसी लागेको बताए । यता निर्मात्री समेत रहेकी दीपशिखाले मुण्डन अवताबारे अहिले नै सबै कुरा खोल्न नमिल्ने बताइन् । चलचित्रको कथा अनुरुप उनले आफूलाई फरक चरित्रमा उतारेकी हुन् । लभस्टोरी जनराको यस चलचित्रलाई जनक पाण्डेले निर्देशन गरिरहेका छन् । पवन गौतमले खिचिरहेको यस चलचित्रमा अलि र दीपशिखाको अलवा सुरज तमु, रेखा शाहको समेत प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो