डमरुको डन्डीबियो हेरेपछि यसो भने कांग्रेस नेताले


Filmy Kura, May 8, 2018 at 2:42 pm


प्रदर्शनरत सिनेमा ‘डमरुको डण्डीबियो’लाई नेताहरुले हेरेका छन् । लोपुन्मुख खेल डण्डीबियोको विषयमा बनाइएको सिनेमालाई राजधानी स्थित ठमेलमा रहेको छायाँ सेन्टरमा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला र केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि डाक्टर मिनेन्द्र रिजालले हेरेका हुन् ।

सिनेमाको चर्चा र यसले उठान गरेको विषयले आफुलाई हलसम्म तानेको डाक्टर कोइरालाले बताए । ‘बाल्यकालमा विराटनगरमा खेलिएको सम्झना ताजा गरायो सिनेमाले ‘ उनले भने ‘ फिल्मले गर्दा डण्डीबियोको महत्व पक्कै बढेको छ , यसलाई पुनः राष्ट्रिय खेल बनाउने पहल गर्नेछु ।’ डाक्टर कोइरालासँगै सिनेमा हेर्न आइपुगेका डाक्टर रिजालले पनि सिनेमाले राम्रो विषय उठान गरेकोमा जोड दिए ।


‘डण्डीबियोको विषय भएता पनि सिनेमा निकै रमाइलो छ’ डाक्टर रिजालले भने । उनले यस किसिमको विषयवस्तुलाई रोज्ने निर्माण टिमलाइ धन्यवाद दिए । पुर्व राष्ट्रिय खेल डण्डीबियोलाई मुख्य विषयबस्तु बनाएर बाबू(छोराको सम्वन्धलाई प्रस्तुत गरेको सिनेमालाइ छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

यसमा खगेन्द्र लामिछाने , मेनुका प्रधान , अनुप बराल, बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । यसमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । साथै यसमा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो