दर्जीको गीतले राख्यो रेकर्ड, कारबाहीको माग गर्दै टंक पुगे हनुमानढोका


Filmy Kura, May 10, 2018 at 1:28 pm


युट्युवमा भाइरल भएका बाल गायक अशोक दर्जीको गीत ‘मन बिनाको धन ठूलो’ ले रिलिजको २४ घण्टा मै रेकर्ड राखेको छ । युट्युव मार्फत सार्वजनिक गरिएको अफिसियल गीतलाई १ दिनमा झण्डै १० लाख पटक हेरिएको छ । टंक बुढाथोकी नामको युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । जून गीत हाल युट्युव ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

यता गीतले चर्चा बटुली रहेको बेला गायक तथा संगीतकार टंक बुढाथोकी भने कारबाहीको माग गर्दै प्रहरी परिसर हनुमानढोका पुगेका छन् । अफिसियल गीत रिलिज अगाडि नै अशोकको पहिलो गीत भन्दै युट्युवमा भिडियो हाल्ने विरुद्ध गायक तथा संगीतकार टंकले हनुमानढोका पुगी उजुरी दिएका हुन् । गलत नजिरले सिर्जना कपीराइट गर्दै आर्थिक लाभ लिन खोज्ने विरुद्ध टंकले कारबाहीको थालनी गरेका हुन् । आजै उनी सांगीतिक कार्यक्रमको लागि कतार प्रस्थान गरेका छन् । दुई दिन पछि नेपाल फर्कने बताएका टंकले क्षणिक आर्थिक लाभका लागि सिर्जना चोरी गर्नेलाई कानुनी कारबाही हुने जनाएका छन् ।

के भन्छन् त टंक हेरौ यो भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो