हैरानको तिमी मुस्कुराउँदा गीत सार्वजनिक, रोमान्टिक मुडमा गजित र निश्मा


Filmy Kura, May 10, 2018 at 8:24 pm

जेठ ४ देखि प्रदर्शन आरम्भ गर्ने चलचित्र ‘हैरान’ को ‘तिमी मुस्कुराउँदा’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर युट्युव च्यानल मार्फत फिल्मको रोमान्टिक गीत रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा स्वरुप राज आचार्य र दुर्गाको स्वर रहेको छ । सन्तोष श्रेष्ठ संगीतबद्ध गीतमा रंग पत्रकार शान्ति प्रियले शब्द कोरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गजित विष्ट, पुष्कर रेग्मी, निश्मा घिमिरे र आरोही शर्मा फिचरिङ छन् । विश्वकै कान्छा निर्देशक सौगात विष्ट निर्देशित यस चलचित्रमा सरोज खनाल, गजित विष्ट, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतको अभिनय रहेको छ ।

कोरियोग्राफर गम्भिर विष्ट स्वयमको लेखनमा तयार चलचित्रमा मुक्ति घले, श्रृष्टि घिमिरे, डा. वाइएल लामाले लगानी गरेका छन् । सम्झना पोखरेल चलचित्रकी कार्यकारी निर्माता हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो