झण्डै ५० वटा हलमा पूर्णिमाको हिरोज, साथमा छ लम्फू पनि


Filmy Kura, May 11, 2018 at 2:42 pm


फ्राइडे रिलिज अन्तर्गत वैशाख २८ गते दुई नँया नेपाली सिनेमाले रिलिज प्रारम्भ गरेका छन् । ‘हिरोज’ र ‘लम्फू’ नामक दुई भिन्न स्वाद र शैलीका चलचित्र एकसाथ हलमा लागेका हुन् ।

पूर्णिमा लामा निर्मित तथा अभिनित चलचित्र ‘हिरोज’ देशभरका झण्डै ५० वटा हलमा प्रदर्शन भएको मिडिया को–अर्डिनेटर लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । नारी पनि कम छैनन् उनीहरु पनि पुरुष सरह हिरो हुन सक्छन् भन्ने यो फिल्मले प्रस्तुत गरेको छ । लामो समय देखि द्धन्द निर्देशनमा सक्रिय एन.बी महर्जनले ‘हिरोज’ को निर्देशन गरेका हुन् । यता निर्मात्री तथा कलाकार पूर्णिमाले समसामयिक विषयमा चलचित्र निर्माण भएको भन्दै सबैलाई हेरिदिन आग्रह गरिन् । चलचित्रमा सुन्दरी अभिनेत्री करिष्मा मानन्धर, नायक मुकेश ढकाल, जयकिशन बस्नेत, संजोग राणा लगायतको अभिनय रहेको छ ।

यस्तै शुक्रबार देखि नै प्रदर्शनमा आएको चलचित्र ‘लम्फू’ लाई भने गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । शक्ति बल्दव घोरासैनी निर्मित फिल्ममा तरकारीवालीको नामले भाइरल भएकी कलाकार कुसुम श्रेष्ठको अभिनय रहेको छ । तरकारीवालीसँगै फिल्ममा कविर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल मुख्य भूमिकामा रहेका छन् । कविरले यसै फिल्म मार्फत रजतपटमा पाइला टेकेका हुन् । प्राय कमेडी रोलमा देखिने सलोनले भने यसमा फरक चरित्र बहन गरेका छन् । चलचित्रले वेराजगार युवाहरुको कथा, व्यथा र सपनालाई प्रस्तुत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो