छक्का पन्जा ३ को छायांकन प्रारम्भ


Filmy Kura, May 11, 2018 at 3:10 pm

चलचित्र ‘छक्का पन्जा ३’ को छायांकन प्रारम्भ गरिएको छ । शुक्रबार बिहान भक्तपुरमा रहेको एक मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

असोज ३० गते फूलपातीका दिन रिलिज लक्षित गर्दै सुटिङ थालिएको यस चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् । चलचित्रमा दीपकराज गिरीको जोडीको रुपमा नायिका दीपिका प्रसाईले अभिनय गर्नेछिन् । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण हुन गइरहेको ‘छक्का पन्जा ३’ काभ्रे, दमौली, पोखरा लगायतका स्थानमा खिचिनेछ । दीपक र दीपिकाको अलवा फिल्ममा जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, किरण केसी, शिवहरि पौडेल, पुष्पल खड्का, प्रियंका कार्की लगायतको अभिनय रहनेछ ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, रोशन श्रेष्ठको द्धन्द, कविराज गहतराज र प्रविण सिंहको नृत्य रहनेछ । दीपक शर्मा र अर्जुन पोखरेलले चलचित्रको गीतमा संगीत दिनेछन् । दीपकराज गिरीको कथा रहेको फिल्ममा केदार घिमिरे, जीतु नेपाल, यमन श्रेष्ठ र स्वयम दीपकले संवाद लेखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो