क्युज हलमा गरियो लम्फूको प्रेस शो, चलचित्रलाई मिश्रित प्रतिक्रिया


Filmy Kura, May 13, 2018 at 7:27 pm


राजधानीमा रहेको क्युज हलमा चलचित्र ‘लम्फू’ प्रेस शो गरिएको छ । आइतबार गरिएको प्रेस शोमा फिल्मका कलाकार, अन्य चलचिकर्मी तथा पत्रकार उपस्थित थिए ।

वेराजगार युवाहरुको कथा माथि केन्द्रित यो चलचित्रले अडियन्सबाट मिश्रित प्रतिक्रिया पाएको छ । कतिपयले चलचित्रले उठान गरेको विषय आम व्यक्तिको जीवनमा मेल खाने तर्क गरेका छन् भने कतिपयले फिल्म निकै श्लो बगेको भन्दै यसको प्रस्तुतिकरण फित्तलो रहेको बताएका छन् । जे होस् वैशाख २८ देखि अल नेपाल प्रदर्शनमा आएको यो चलचित्रले बक्स अफिसमा सोचे जस्तो कलेक्शन भने गर्न सकेको छैन । एकातिर आजै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले बन्द आह्वान गर्दा हलमा दर्शक उपस्थिती न्युन रहन गयो । जेठ १ गतेबाट चलचित्रका निर्माताहरु आन्दोलनको तयारी गरिरहेका कारण प्रदर्शनरत यो सिनेमालाई प्रत्यक्ष असर पर्न जाने देखिन्छ । यि विभिन्न बाधा अड्चनको चेपुवामा परेको छ ‘लम्फू’ ।

गोपालचन्द्र लामिछाने निर्देशित तथा शक्ति बल्दव घोरासैनी निर्मित यो चलचित्रमा कविर खड्का, मरिष्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, कुसुम श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो