कमेडी नै कमेडीले भरिएको फिल्म अमेरिका बोइजको ट्रेलर रिलिज (भिडियो)


Filmy Kura, May 13, 2018 at 8:14 pm


कमेडी नै कमेडीले भरिएको फिल्म ‘अमेरिका बोइज’ को ट्रेलर रिलिज भएको छ । आइतबार पत्रकार सम्मेलन मार्फत फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

डिभी भरेर अमेरिका पुग्ने सपना बुनेका युवाहरुको कथालाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । चलचित्रमा सन्दीप क्षेत्री, अर्पण थापा, कामेश्वर चौरासिया, अभय बराल, सुनिल थापा, हरिहर शर्मा, श्रृष्टि कार्की, सारदा गिरी, रश्मी भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् । सिबर्ड पिक्चर्स एन्ड बडी इन्टरटेन्मेन्ट प्रस्तुत यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश भूजेल, इन्द्र प्रसाद खरेल, समिर खरेल, सुरज उप्रेती, अनुप थापा लगायतको लगानी रहेको छ ।

चलचित्र यहि जेठ १८ देखि प्रदर्शन हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो