हैट र मंगलीको मट्टीमाला ट्रेलर रिलिज, यहि टिमले बनाउनेछ दायरा


Filmy Kura, May 16, 2018 at 8:43 pm


कलाकार बुद्धि तामाङ ‘हैट’ र रजनी गुरुङ ‘मंगली’ मेजर रोलमा रहेको चलचित्र ‘मट्टीमाला’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कमेडी जनराको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर रिलिज समारोहमा अर्को चलचित्र निर्माणको समेत औपचारिक घोषणा गरिएको छ । यो टिमले भदौबाट सुटिङ सुरु गर्ने गरी ‘दायरा’ नामक चलचित्रको निर्माण घोषणा गरेको हो । ट्रेलर रिलिज समारोहमा फिल्मका प्रमुख कलाकार बुद्धि तामाङ भने अनुपस्थित थिए । सुटिङ परेका कारण उनी आउन नपाएका हुन् । पोखरा बस्ने कलाकार रजनी गुरुङ जो ‘मेरी बास्सै’ सिरियलबाट मंगली नामले चिनिन पुगेकी थिइन् उनले यो चलचित्रमा जोडिन पाउदा खुसी लागेको बताइन् । त्यसो त चलचित्र राम्रो बनेको भन्दै एकचोटी हेरेर साथ दिन दर्शकलाई उनको आग्रह थियो । बुद्धि र रजनीको अलवा फिल्ममा प्रियंका कार्की, पृथ्वी राई शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लङ्घाली, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, विक्रम लामा, दीपक आचार्यको अभिनय रहेको छ ।


आगामी जेठ २५ गते अल नेपाल प्रदर्शनमा आउने यो चलचित्रलाई टेक पौरखी राईले लेखन तथा निर्देशन गरेका हुन् । प्रविन राईको निर्माणमा तयार चलचित्र ‘मट्टीमाला’ मा सुमन राईको संगीत, राजेन्द्र चौधरीको द्धन्द, राहुल राईको छायांकन रहेको छ । पौरखी फिल्मस् प्रस्तुत यो चलचित्रको प्रदर्शन सफल रहोस् भनि चलचित्र संघका अध्यक्ष प्रदीप उदय, निर्माता नवल खड्का, हास्यकलाकार सन्दीप क्षेत्री लगायतले शुभकामना दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो