जापानका लागि ७ लाख रकममा किनियो डमरुको डन्डीबियो


Filmy Kura, May 18, 2018 at 7:47 am


जापानका लागि ७ लाख रकममा चलचित्र ‘डमरुको डन्डीबियो’ किनिएको छ । सेभेन समुराई इन्टरनेशनलका राजु लामाले जापानका लागि ७ लाख रकममा यो फिल्म खरिद गरेका हुन् । जापान राइटका लागि फिल्मका निर्माता विनोद गुरुङ र राजु लामा बीच बुधबार सम्झौता भएको हो ।

वैशाख २१ गते अल नेपाल प्रदर्शन भएको फिल्मले मध्यम व्यापार गरेको थियो । खेल विषयलाई मनोरञ्जनात्मक ढङ्गबाट प्रस्तुत गरिएको यस चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । खगेन्द्र लामिछानेको लेखनमा तयार यस चलचित्रमा अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्धि तामाङ, आशान्त शर्मा लगायतले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो