२ वर्ष लगाएर निर्माण गरिएको हैरान देशभर प्रदर्शन, सिंगल रिलिज हुँदा राहत


Filmy Kura, May 18, 2018 at 8:04 am


२ वर्ष लगाएर मिहेनत पूर्वक निर्माण गरिएको चलचित्र ‘हैरान’ शुक्रबार देखि देशभर प्रदर्शन भएको छ । सिंगल रिलिजको अवसर पाएको यो चलचित्रले स्वभाविक रुपमा हल बढी पाएको छ ।

विश्वकै कान्छा निर्देशकको दोस्रो निर्देशकिय सिर्जना ‘हैरान’ कमेडी र एक्सनले भरिपूर्ण रहेको निर्माण पक्षले जनाएको छ । फिल्म सफल रहोस् भनि हास्यकलाकार दीपकराज गिरी र जितु नेपालले फेसबुक मार्फत ‘हैरान’ को पोष्टर राख्दै शुभकामना समेत दिएका छन् । फिल्मका निर्माता तथा कलाकार गजित विष्टले ७ वर्ष लगाएर कथा अनि २ वर्ष लगाएर फिल्म तयार पारेको स्मरण गर्दै अब बाँकी रिजल्ट दर्शक कै हातमा रहेको बताएका छन् ।

चलचित्रमा गजित विष्ट, निष्मा घिमिरे, सत्यराज आचार्य, सागर लम्साल, बुद्धि तामाङ, आरोही शर्मा, पुष्कर रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो