झण्डै २ मिनेटको ट्रेलरमा हरिको मात्रै हालीमुहाली, जेठ १८ मा हुँदैछ रिलिज


Filmy Kura, May 18, 2018 at 10:58 am


चलचित्र ‘हरि’ को दोस्रो ट्रेलर रिलिज भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी फिल्मको दोस्रो ट्रेलर छाडिएको हो । झण्डै २ मिनेटको ट्रेलरमा ‘हरि’ को भूमिकामा देखिएका कलाकार विपिन कार्कीलाई मात्र देखाइएको छ ।

कुशल अभिनय क्षमता भएका कलाकार विपिन कार्कीको प्रमुख भूमिका यस चलचित्रमा रहेको छ । भिन्न भिन्न चरित्र वहन गर्न रुचाउने विपिनले यसमा पनि आफूलाई फरक रुपमा उभ्याएका छन् । तर पछिल्लो उनी अभिनित चलचित्रले बक्स अफिसमा खासै छलाङ मार्न सकेको छैन । यहि जेठ १८ देखि अल नेपाल प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई सफल केसी र प्रतिक गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । योगश्वर पौडेल, थाक्पा तामाङ र माधव थापाको चलचित्रमा लगानी रहेको छ । ‘हरि’ मा विपिन कार्की, सुनिता श्रेष्ठ, कमलमणी नेपाल, थिन्ले ल्हामो, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो