कुमारी हलमा बले देख्दा चिच्याए दर्शक, हैरान मन परेको प्रतिक्रिया


Filmy Kura, May 18, 2018 at 9:28 pm


आजदेखि अल नेपाल प्रदर्शनमा आएको चलचित्र ‘हैरान’ लाई दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ । ‘हैरान’ यूनिट आज राजधानीका विभिन्न हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेको थियो ।


कुमारी हलमा दिवा शो हेरेर साँझ निस्किएका दर्शकले फिल्मका कलाकार सागर लम्साल ‘बले’ लाई आफ्नै आखा अगाडि पाउँदा खुसीले चिच्याए । खासगरि फिल्मको समग्र पक्ष दर्शकले मन पराए पनि कलाकारको प्रस्तुतिमा भने भिलेनको पाटो निकै सशक्त रहेको फिल्म हेरिसकेपछि दर्शकले बताए । साउथ इन्डियन फिल्मका भिलेन वासिम राज्जाले यो चलचित्रमा भिलेनको चरित्र वहन गरेका छन् । भिलेनसँग समेत दर्शक झुम्मिएका थिए । सागर र वासिमको अभिनय तारिफ योग्य रहेको भन्दै दर्शकले यिनीहरुको कामलाई उच्च प्रशंसा गरेका थिए । कलाकार सागरको आमा, सानी आमा र भाई फिल्म हेर्न हल आएका थिए । छोराको काम मनपरेको भन्दै आमाले ‘हैरान’ हेर्दा भावुक हुन पुगेको बताइन् । कान्छो छोरालाई समेत फिल्मको हिरो बनाउने चाहा रहेको आमाको भनाइ थियो ।


चलचित्रका निर्देशक सौगात विष्टले अघिल्लो फिल्म ‘लभ यू बाबा’ मा भन्दा पाँच गुणा ज्यादा यसमा सुधार ल्याउने प्रयास भएको बताए । उनले दर्शकबाट प्राप्त प्रतिक्रियाले थप काममा उर्जा मिलेको भनाइ राखे । यता फिल्मका कलाकार तथा निर्माता गजित विष्टले लगानी पाटोलाई समेत जोड्दै सोलो रिलिज पाउनु आफूहरुको लागि ठूलो राहतको विषय बनेको बताए । शनिबार देखि दर्शक फ्लो बढ्ने अपेक्षा राखेका उनले सबै क्यारेक्टर जस्टिफाई भएको तर्क गरे ।

चलचित्रका लेखक तथा कोरियोग्राफर गम्भिर विष्टले मिहेनत अनुसार दर्शकले फिल्म रुचाउँदा खुसी लागेको बताए । नायिका निश्मा घिमिरे र आरोही शर्मा पनि दर्शक साथबाट दङ्ग देखिन्थे । भोलि शनिबार पनि राजधानीका विभिन्न हलमा दर्शक रिभ्यु लिन पुग्ने ‘हैरान’ यूनिटले फिल्मीकुरालाई जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो