हँसाउनका लागि डबल मिनिङको प्रयोग, कुम्भ करण ट्रेलर यस कारण खास (भिडियो)


Filmy Kura, May 20, 2018 at 6:44 pm


सस्पेन्स कमेडी जनराको चलचित्र ‘कुम्भ करण’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी दीपक ओली निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

तीन मिनेट लामो ट्रेलरमा हँसाउने कोसिस गरिएको छ । तर फिल्मको कतिपय संवाद डबल मिनिङ लाग्ने खालका छन् । चलचत्रिको कथा, पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । यो विषयमा पत्रकारले गरेको प्रश्नमा उनले भने, ‘डबल मिनिङ लाग्ने खालको संवाद प्रयोग गरिएको छैन । ट्रेलर हेर्दा त्यस्तो लागेको मात्र हो ।’ यस चलचित्रमा भोलराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुल्दीप अधिकारी, कमल गाउले लगायतको अभिनय रहेको छ ।

एक शिक्षीकालाई आफ्नो बनाउन लाग्ने तीन पात्रको कथालाई चलचित्रमा रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । फिल्मका निर्देशक दीपक ओलीले नायिका निशा अधिकारी हाल अमेरिकामा रहेका कारण उनको ठाउँमा अर्कैलाई डब गर्न लगाइएको बताए । निशा पछिल्लो समय पति शरद भेषवाकरसँग अमेरिकामा रहेकी छिन् । केही दिन पहिले मात्र उनलाई पुत्र लाभ भएको छ ।

आकाश पल इन्टरटेन्मेन्ट प्रस्तुत यस चलचित्रलाई चित्र घर्ति मगर र क्षितिज बस्नेतले निर्माण गरेका हुन् । हरि घले लामाले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यो चलचित्र असार २२ गते रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो