श्रृष्टिलाई देखेपछि रोमान्टिक बने अर्पण, अभय र आशिष ( भिडियो सहित)


Filmy Kura, May 22, 2018 at 12:11 pm


नायिका श्रृष्टि कार्कीलाई देखेपछि अर्पण थापा, अभय बराल र आशिष प्रसाई रोमान्टिक बनेका छन् । यति मात्र होइन श्रृष्टि प्रति क्रेजी यि तीनले ध्यानै तिमीहरु गएको भन्दै मायाका कुरा गरेका छन् । सोमबार युट्युव मार्फत रिलिज गरिएको यो निकै रोमान्टिक गीत चलचित्र ‘अमेरिका बोइज’ को हो ।

सपनाको शहर अमेरिका जान चाहाने तीन युवा पात्रको कथालाई बोल्ने यस चलचित्र यहि जेठ १८ देखि देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा अर्पण थापा, सन्दिप क्षेत्री, सुनिल थापा, अभय बराल, श्रृष्टि कार्की, आशिष प्रसाई लगायतको अभिनय रहेको छ । विवेक पाण्डेको कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘अमेरिका बोइज’ लाई प्रकाश भूजेल र इन्द्र प्रसाद खरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । प्रवेश पौडेल निर्देशित सोसियल कमेडी जनराको यस चलचित्रको सार्वजनिक गीतमा जयन जे वाइवाले संगीत भरेका छन् । जयन जे वाइवा, रोशन थापा, सुरज शाही ठकुरीको आवाज रहेको गीतमा सुनिल क्षेत्री र नेपाली ठिटोज्को कोरियोग्राफी हेर्न सकिन्छ ।

समिर खरेल, सुरज उप्रेती र अनुप थापा फिल्मको कार्यकारी निर्माता हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो