प्रदीप सुन्दासको के होला त खास सार्वजनिक, अश्मित र पूजाको रोमान्स (भिडियो)


Filmy Kura, May 22, 2018 at 8:06 pm

 
गायक प्रदीप सुन्दासले ‘के हो त खास’ बोलको गीत बजारमा ल्याएका छन् । रोमान्टिक यो गीत मंगलबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । गायक प्रदीपले यस अघि दर्जन बढी गीतमा आफ्नो आवाज भरिसकेका छन् ।

सार्वजनिक गीतमा गायक प्रदीप स्वयमकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा अश्मित पोखरेल र पूजा जोशीले अभिनय गरेका छन् । गीतको भिडियोलाई स्वयम अश्मितले निर्देशन गरेका हुन् । सर्ट फिल्म र म्युजिक भिडियो गरीे दुई दर्जन बढी सिर्जना निर्देशन गरिसकेका अश्मितले युवापुस्ताले गीतको भिडियो मन पराउने आशा व्यक्त गरे ।

अश्मित इन्टरटेन्मेन्ट प्रस्तुत गीतको भिडियोलाई दीपक अधिकारीले छायांकन गरेका हुन् । सार्वजनिक भिडियोलाई विजय राजले सम्पादन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो