चकलेटी हिरोमा जम्दै सन्जित, च्यालेन्जिङ क्यारेक्टरको खोजीमा उनी


Filmy Kura, May 22, 2018 at 9:48 pm


सन्जित भण्डारी कलाकारितमा केही गर्ने लक्ष्य सहित निरन्तर यात्रा गरिरहेका छन् । पछिल्लो समय उनी अभिनित चलचित्र ‘लम्फू’ देशभरिका हलमा लागिरहेको छ । यद्धपि चलचित्रले सोचे जस्तो व्यापार भने गर्न सकेन । तथापी उनको अभिनयको तारिफ दर्शकले दिल खोलेर गरे ।


भारतीय फिल्म एन्ड टेलिभिजन संस्थानमा अभिनय सम्बन्धि प्रशिक्षण लिएका सन्जितले ‘लम्फू’ मा एक विजेनेश म्यानको चरित्र निभाएका छन् । तरकारीवालीले परिचित कलाकार कुसुम श्रेष्ठ र चाँदनी शर्माको जोडीको रुपमा देखिएका सन्जितले पहिलो चलचित्रबाटै दर्शक माया पाउन सफल रहे । दर्शक प्रतिक्रियाबाट हौसिएका सन्जित छिट्टै अर्को चलचित्र मार्फत आउने तयारीमा रहेका छन् । विगत एक दशक देखि रंगीन क्षेत्रमा रमाइरहेका सन्जितले ‘थोरै भए पुगिसरी’ बाट कला यात्रा प्रारम्भ गरेका थिए । उनलाई सविन बास्तोलाले टेलिचलचित्र मार्फत ब्रेक दिएका थिए । सानो पर्दा हुँदै सिनेमामा प्रवेश गरेका सन्जित नृत्य र अभिनयमा पोख्त छन् । यद्धपि फिल्मको एक्सन सिन गर्न आफूलाई केही असहज हुने उनको तर्क छ । लभस्टोरी जनराको चलचित्रमा आफूलाई रुचि भएको बताउने कलाकार भण्डारी चकलेटी हिरो भएर चिनिन चाहान्छन् ।

नवलपरासीमा जन्मिएका उनी हाल काठमाडौंमा बसोबास गर्छन् । शारीरिक सुन्दरताले साथ दिएको कारणपनि उनले पहिलो चलचित्रबाटै लेडिज फ्यान बटुल्न सफल भएका छन् । यो फिल्डमा महानायक राजेश हमालबाट आफू धेरै प्रभावित भएको बताउने कलाकार भण्डारीले आगामी दिनमा च्यालेन्जिङ क्यारेक्टर पर्दामा निभाउने सोच बनाएका छन् ।

जे होस् कलाकार भण्डारी एक सम्भावना बोकेका कलाकार हुन् । के उनले सोचे जस्तै सफलता पाउलान् त ? त्यो भने आगामी दिनले नै बताउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो