बाबु कान्छाको अफिसियल पोष्टर रिलिज, रोमान्टिक मुडमा सलोन


Filmy Kura, May 24, 2018 at 11:37 am


चलचित्र ‘बाबु कान्छा’ को पोष्टर रिलिज भएको छ । निर्माण यूनिटले बिहीबार फिल्मको अफिसियल पोष्टर रिलिज गर्दै प्रदर्शन मिति समेत तय गरेको छ ।


सार्वजनिक पोष्टरमा सलोन रोमान्टिक मुडमा देखिएका छन् । प्राय चलचित्रमा कमेडी रोलमा देखिने सलोनको यसमा कस्तो प्रकारको भूमिका छ त दर्शकमा हाल कौतुहलताको विषय बनेको छ । पुराना एवं पाका निर्देशक शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार यो चलचित्र आगामी असार २९ गते अल नेपाल प्रदर्शनमा आउनेछ । चलचित्रमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, ऋतिक शाही, नीर शाह, सरोज खनाल, सम्राट सापकोटा, राजाराजम पौडेल, लय सङ्ग्रौला, मन्जु पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्स्ना महर्जनले नायिकाको रुपमा डेव्यु गरेका छन् । चलचित्रमा समावेश ‘चन्द्रमा झै राम्री छौ’ बोलको रिमिक्स गीत हाल दर्शक तथा श्रोताले मन पराएका छन् ।


रंग पत्रकार समेत रहेका रवि अधिकारी यो चलचित्रका कार्यकारी निर्माता हुन् । उनले यस अघि ‘पञ्चायत’ चलचित्र निर्माण गरिसकेका छन् । केही दिन भित्रै चलचित्रको ट्रेलर छाडिने मेकर रविले फिल्मीकुरालाई जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो