नेपाल पश्चात कतारमा खिचिदै पूजा र सुदर्शनको रामकहानी


Filmy Kura, May 26, 2018 at 12:47 pm

नेपालको छायांकन सकेर चलचित्र ‘रामकहानी’का निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्मा यतिबेला कतार पुगेका छन् । उनीहरु, कतार पुग्नुको २ वटा कारण छ ।

एक त, सुदर्शन र पूजा चलचित्र ‘म यस्तो गीत गाउछु’को विशेष शोका लागि कतार पुगेका हुन् । यस्तै, चलचित्रको केही दृश्यको छायांकन पनि कतारमा गरिएको छ । निर्देशक सुदर्शन थापाले दिएको जानकारी अनुसार, यो चलचित्रको सुरुवात नै कतारबाट हुनेछ । कतारमा नायिका पूजा शर्माको साथमा कतारमै रहेका केही कलाकारले अभिनय गरेका छन् । कतारको सम्पूर्ण व्यवस्थापन कलाकार बिष्णु कार्कीले मिलाएका हुन् । उनकै सहयोगमा चलचित्रको कतार छायांकन संभव भएको सुदर्शनले जानकारी दिए ।

चलचित्रको छायांकनका लागि छायांकार सौरभ लामा पनि कतार पुगेका छन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । भदौ २२ गतेबाट यो चलचित्र रिलिज हुदैछ । चलचित्रको ‘तिम्रो लागि म’ बोलको गीत सार्वजनिक भैसकेको छ । यो गीतलाई युटुबमा २० लाख भन्दा बढी पटक हेरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो