प्रहरी पोशाकमा शिल्पा र अनुपको नृत्य, कति सुहायो त ? (भिडियो)


Filmy Kura, May 26, 2018 at 12:55 pm


यही असार २९ मा देशभर रिलिज हुने फिल्म वीराङ्गनाको पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक भएको छ । गीतमा अनुप विक्रम शाही र शिल्पा पोख​रेल​लाई पुलिसको ड्रेसमा डान्सिङ मुडमा देख्न सकिन्छ ।

गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । फिल्म​का टिम​ले फिल्म​ छायाँकन​को क्र​म​मा स​ह​योग​ ग​र्नुहुने श​स​स्त्र​ प्र​ह​रिका प्र​मुख​ह​रुलाई प​नि ध​न्य​बाद​ ब्य​क्त​ ग​रेको छ​ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो