राजेश पायल र दीपाको स्वरमा बोबीको रोमान्टिक गीत रिलिज (भिडियो)


Filmy Kura, May 29, 2018 at 5:01 pm


चर्चित गायक राजेश पायल राई र सम्भावना बोकेकी गायिका दीपा लामाको स्वरमा चलचित्र ‘बोबी’ को रोमान्टिक गीत रिलिज भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

‘आखाको नानी’ बोलको गीतमा उमेश थापा र कविता गुरुङ फिचर छन् । यि दुईको वास्तविक कथासँग फिल्म केन्द्रित छ । चलचित्रको गीत नर्वेमा छायांकन गरिएको हो । नर्वेको रमणिय दृश्यमा छायांकन गरिएको गीत निकै राम्रो बनेको छ । मिलन चाम्स निर्देशित फिल्ममा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवि राना शाह, देशभक्त खनाल, रश्मी भट्ट, सुरविर पन्डित, रवि गिरी, बालदिप राई, शिशिर राणा लगायतले अभिनय गरेका छन् ।

चलचित्रको गीत रिलिज समारोहमा बोल्दै गायक राजेश पायल राईले यो गीत हतार हतार मै रेकर्ड गरेको सुनाए । उनले कपितय हतारमा गरिएका सिर्जना निकै राम्रो सावित हुने गरेको समेत स्मरण गरे । उनले संगीतकार बसन्त सापकोटासँगको सहकार्य आफूलाई फापेको समेत बताए । उता गायिका दीपा लामाले सार्वजनिक गीतको एक टुक्का गाएर सुनाएकी थिइन् । बसन्त सापकोटाको शब्द तथा संगीत समावेश गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

चलचित्रका निर्देशक चाम्सले फिल्म मनछुने बनेको बताए । गीत सुटिङ गर्दा रातको १२ बजे सम्म निरन्तर खटेको उनको कथन थियो । यता कविताले आफ्नै कथामा आधारित फिल्ममा जोडिन् पाउदा खुसी लागेको तर्क गरिन् । उनले पति उमेशको सम्झना गीत हेर्दै गर्दा आएको बताइन् । यो चलचित्र असार २९ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । चलचित्रलाई सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो