फरक फरक ४ शीर्षकमा गीतकार संघले सम्मान तथा पुरस्कार प्रदान गर्दै


Filmy Kura, May 31, 2018 at 11:32 am

बिगतका बर्षमा जस्तै गीतकार संघ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि ‘राष्ट्रिय स्रष्टा सम्मान’ को कार्यक्रम आयोजना गर्ने भएको छ । यस बर्ष छैटौँ ‘राष्ट्रिय स्रष्टा सम्मान’, ‘बर्ष गीत पुरस्कार’, ‘बर्ष गीत पुस्तक पुरस्कार’, र ‘डायस्पोरा गीतकार सम्मान’ कार्यक्रम आयोजना गरिने संस्थाले मंगलबार एक कार्यक्रमका बिच जानकारी गराएको छ ।

यसबर्ष संघले अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ अन्तर्गत बरिष्ठ गीतकार श्री कालीप्रसाद रिजाललाई नगद १ लाख १ रुपैंया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरिएको गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए । उनका अनुसार संस्थामा आबद्ध सदस्यहस्ले वि।सं। २०७४ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा बर्ष गीत प्रायोजनका लागि हाललाई उत्कृष्ट १० गीतहरु प्नि छनौट गरिएको छ । छानीएका उत्कृष्ट १० गीतहरु मध्येबाट विशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतलाई छैठौँ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरी रु ५१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताइयो ।

यस्तै छनौट समितिको सिफारिसमा विदेशमा बसी नेपाली गीत लेखनमा सक्रिय रहदै आएका गीतकारहरु मध्येबाट अमेरिका बस्ने गीतकार राखी गौचनलाई ‘डायस्पोरा गीतकार सम्मान –२०७४’ बाट रु ११ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै बर्ष गीत पुस्तक पुरस्कार प्रयोजनका लागी छनोट समितिले यस वर्ष जानुका राईको ‘आमा २’, पूर्ण बहादुर साउद ‘शिरीष’को ‘गजलको धुन–३’ र सुमन श्रापितको ‘भावनाको खेती’ छनोट गरेको छ । यी मध्ये विज्ञ समितिबाट एक पुस्तकलाई रु ५१ ह्जार नगद राशी सहित प्रमाणपत्र प्रदान गरिनेछ । यसबर्ष करिब सय गीत र ११ पुस्तकहरु प्रतिस्पर्धामा आएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो