बाहुनवाद र बादी समुदायको कथा पर्दामा, बदीनी भेषमा नाचिन् सन्ध्या (भिडियो)


Filmy Kura, May 31, 2018 at 7:24 pm


सदियौ पहिले देखि स्थापित बाहुनवाद र बादी समुदायको कथामा चलचित्र ‘पन्डित बाजेको लौरी’ निर्माण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच उक्त चलचित्रको एक गीत रिलिज समेत गरियो ।


‘चोली तुना’ बोलको गीतमा कलाकार सन्ध्या केसी, प्रमोद अग्रहरी, प्रविण खतिवडा, मरिष्का पोखरेल र भोलाराज सापकोटा फिचर भएका छन् । गीत रिलिज समारोहलाई सम्बोधन गर्दै कलाकार सन्ध्याले भनिन्, ‘मैले यो चलचित्रमा आबद्ध हुँदा फरक अनुभव गरे । मेरो लागि क्यारेक्टर च्यालेन्जिङ पनि थियो । मैले यस चलचित्रमा बादी समुदायको एक बदीनी चरित्र निर्वाह गरेको छु ।’ ‘ड्रिम्स’ चलचित्रबाट रजतपट प्रवेश गरेकी कलाकार केसीले यो चलचित्रको स्क्रिप्टले आफूलाई काम गर्न थप उत्साहित बनाएको बताइन् । यो चलचित्रमा थिएटरबाट खारिएका कलाकारको वर्चश्व रहेको छ । कलाकार प्रविण खतिवडाले फिल्मले बाहुनवाद प्रथा र बादी समुदायबीचको कथालाई चलचित्रले बोल्ने बताए । कलाकार मरिष्कालाई एक पत्रकारले टिजर र गीतमा कम देखाइएको प्रसङ्ग उठाउँदै कतै छायाँमा परिएला भन्ने डर त छैन भनेर सोधेको प्रश्नमा उनले भनिन्, ‘मलाई त्यस्तो कहिल्यै पनि लाग्दैन । मेरो कारणले अरु छायाँमा पर्ने वा अरुको कारणले म । सबैको इक्वेल रोल छ ।’ प्रमोद अग्रहरीले धेरै जसो नेगेटिभ चरित्र पर्दामा वहन गरेका छन् । यो चलचित्रको गीतमा भने उनी रोमान्टिक बनेको देखिन्छ । सन्ध्यासँग गजबैले कम्मर मर्काएका छन् प्रमोदले ।


चलचित्रलाई युवा निर्देशक दीपक वलीले निर्देशन गरेका हुन् । उनले चलचित्रले उठाएको विषयले जातिय द्धन्द नमित्याउने तर्क गरे । त्यसो त हरेक फिल्म राम्रो बनाउने प्रयास आफूले गरेको भन्दै यसमा पनि नयाँ विषय उठाउन खोजेको निर्देशक वलीको भनाइ थियो । चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । उनले फिल्मको लागि बादी समुदाय मै गएर रिसर्च गरेको सुनाए ।


यो चलचित्र आउँदो साउन ४ गते रिलिज हुँदैछ । सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्ल र मिना निरौलाको स्वर सुन्न सकिन्छ । ५ सय भन्दा बढी सुगम गीतमा संगीत भरिसकेका श्रीकृष्णको यो पहिलो पाश्र्व संगीत हो । कृष्ण केसीको शब्द रचना रहेको गीतमा विक्रम श्वारको कोरियोग्राफी रहेको छ । मित्र डि गुरुङ सम्पादित चलचित्रलाई पाका छायांकार विदुर पाण्डेले खिचेका हुन् । थमन कुमार भण्डारीले फिल्ममा लगानी गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो