मलिना र मनिषको प्रेममा को बन्यो बाधक ? असार ८ मा हुनेछ पर्दाफास (भिडियो)


Filmy Kura, May 31, 2018 at 7:53 pm


कलाकार मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ बीचको प्रेम रिलमा मात्र होइन रियल मै पनि छ भन्ने गाइगुई केही समय पहिले सुन्नमा आएको थियो । तर यि दुईले आफूहरुमा मित्रता बाहेक अरु केही नरहेको स्पष्ट पारेका छन् । मलिना र मनिष लिड रोलमा रहेको प्रेमकथानक चलचित्र ‘तिमी छौ जहाँ जहाँ’ को बिहीबार पत्रकार सम्मेलन गरी अफिसियल ट्रेलर रिलिज गरिएको छ । यि दुईको रिल प्रेमलाई दर्शकले असार ८ मा पर्दामा हेर्न पाउनेछन् ।

यस अघि यि दुईले चलचित्र ‘रानी’ मा एकसाथ काम गरेका थिए । तर अपसोच चलचित्रले पानी पनि भन्न पाएन । त्यसो त मलिनाको नाममा हिट फिल्म अहिले सम्म दर्ज हुन सकेको छैन । उनी पनि असार ८ रिलिज चलचित्र ‘तिमी छौ जहाँ जहाँ’ बाट आशावादी छिन् । कलाकार मनिषले अघिल्लो फिल्म भन्दा यसमा केही कमजोरी सुधार्ने प्रयास गरेको बताए ।

गीत सुटिङ गर्न अपर मुस्ताङ जादाको पल अझै स्मरणमा रहेको यि दुईको भनाइ थियो । बि एन्ड बि फिल्मस् प्रोडक्शन प्रस्तुत यो चलचित्रलाई विकास बस्यालले लेखन तथा निर्देशन गरेका हुन् । पेशाले सम्पादक उनको यो डेव्यु निर्देशन हो । मदन दवाडी प्रस्तुत ‘तिमी छौ जहाँ जहाँ’ मा प्रकाश बास्कोटा, डालचन्द्र दवाडी र हरि प्रसाद अधिकारीको संयुक्त लगानी रहेको छ । व्यापार व्यवसायलाई मूल पेशा बनाएका यि सबै मेकरले फिल्म बुझेर निर्माण गरेको बताएका छन् । मलिना र मनिषको अलवा यो चलचित्रमा स्वरुप पुरुष ढकाल, तमन्ना केसी, रवि गिरी, विश्व बस्नेत, रुपा राना, गोपाल ढकाल, गीता अधिकारी, विनिता ओली लगायतले अभिनय गरेका छन् ।

माधव शर्मा घिमिरेको पटकथा तथा संवाद समावेश चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य तथा रामशरण उप्रेतीको छायांकन रहेको छ । चलचित्रलाई उपत्यकामा गोपालकाजी कायस्थले वितरण जिम्मा लिएका छन् । मोफसलमा भने एफडी कम्पनीले फिल्म वितरण गर्नेछ । चलचित्रको डिजिटल राईट्स बुढासुब्बा म्युजिकले लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो