प्रेस शो मा अमेरिका बोइजले पायो तारिफ, दर्शक प्रतिक्रियाले कलाकार दङ्ग


Filmy Kura, Jun 1, 2018 at 5:18 pm


चलचित्र ‘अमेरिका बोइज’ को शुक्रबार राजधानीको विग मुभिजमा प्रेस शो गरिएको छ । चलचित्रका कलाकार, पत्रकार तथा अन्य आमन्त्रित अतिथिले दुई घण्टा लामो फिल्मलाई पर्दामा नियालेका थिए । प्रवेश पौडेल निर्देशित यस चलचित्रलाई तारिफ नै तारिफ मिलेको छ ।

गाउबाट शहर छिरेका तीन युवाले अमेरिका जाने बाहना पार्दै घरबाट पैसा मगाएपछि ती पात्रले के कस्तो ठक्कर र हन्डर बेहोर्नु पर्छ त भन्ने कुरा चलचित्रमा निकै रमाइलो ढङ्गबाट देखाइएको छ । अधिकांश दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए । सबैभन्दा बढी कलाकार अर्पण थापाको पार्ट दर्शक होल्ड गराउने खालको रहेको फिल्म हेरेपछि प्रतिक्रिया मिलेको थियो । कलाकार अभय बराल, आशिष प्रसाई र श्रृष्टि कार्की दर्शकको प्राप्त प्रतिक्रियाबाट दङ्ग देखिन्थे । श्रृष्टिको यो डेव्यु चलचित्र हो । यता ‘होस्टेल रिटन्र्स’ देखि अनवरत फिल्ममा लागिरहेका अभयले अझ आफूमा थप सम्भावना देखाएका छन् । प्राङ्कर आशिषको कामलाई पनि दर्शकले मन खोलेर प्रशंसा गरे । हास्यकलाकार सन्दिप क्षेत्रीको भूमिकाले पनि दर्शकलाई थप मनोरञ्जन प्रदान ग¥यो । यि कलाकारको अलवा फिल्ममा सुनिल थापा, हरिहर शर्मा, रश्मी भट्ट, कामेश्वर चौरासिया लगायतको अभिनय रहेको छ ।


विवेक पाण्डेको पटकथा तथा संवाद रहेको सोसियल कमेडी जनराको चलचित्रमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको लगानी रहेको छ । फिल्मको डायलग र प्रस्तुतिकरण राम्रो भइदिदा माउथ पब्लिसिटीले गर्दा दर्शक बढ्नेमा निर्माण यूनिट आशावादी रहेको छ । आजैबाट यो चलचित्र देशभरका हलमा लागेको हो । चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो