गायिका धन कुमारीको आज मुड चल्याछ सार्वजनिक, दुर्गेश र अन्जलीको ठुम्का


Filmy Kura, Jun 2, 2018 at 6:28 pm

गायिका धन कुमारी थापा ‘सरु’ ले नयाँ गीत बजारमा ल्याएकी छिन् । समाजसेवी तथा व्यवसायी समेत रहेकी गायिका थापाको ‘आज मुड चल्याछ’ लोक गीतको भिडियो शुक्रबार एक कार्यक्रका बीच सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा गायिकाद्धय सरु र पुर्णकला बिसीको साथमा गायक विक्रम थापाको स्वर समावेश छ । करण न्यौपानेको शब्द तथा संगीत रहेको यस गीतमा पछिल्लो समय चर्चामा रहेका दुई मोडलले गजबैले नृत्य गरेका छन् । मोडल दुर्गेश थापा अन्जली अधिकारीको ठुम्का यस गीतको भिडियोमा हेर्न सकिन्छ ।

यो भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन् । अजय रेग्मीले छायांकन गरेको यो भिडियोलाई युट्युवमा विन्दवासिनी म्युजिक च्यानलमा हेर्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो