आमा र छोरीको कथामा लभ स्टेसन, मुख्य हिरोमा प्रदीप फाइनल


Filmy Kura, Jun 4, 2018 at 11:54 am


आमा र छोरीको कथामा चलचित्र ‘लभ स्टेसन’ निर्माण हुने भएको छ । आइतबार साँझ राजधानीमा एक कार्यक्रमका बीच लभस्टोरी जनराको यो चलचित्र निर्माण गर्ने औपचारिक घोषणा गरिएको हो ।

फिल्मको मुख्य हिरोमा युवास्टार प्रदीप खड्का फाइनल भएका छन् । अन्य कलाकार को–को रहने भन्ने बारेमा टुङ्गो लागि सकेको छैन । चलचित्रलाई अनुभवी तथा पाका निर्देशक उज्वल घिमिरेले निर्देशन गर्नेछन् । अमेरिका र नेपालमा यो फिल्म खिचिने निर्माण यूनिटले जनाएको छ । प्रेमकथानक यो चलचित्रलाई गोविन्द शाहीले निर्माण गर्न लागेका हुन् । त्यसो त फिल्ममा निर्देशक घिमिरेको समेत लगानी रहने जनाइएको छ । निर्माता गोविन्दले उज्वल घिमिरे जस्तो खारिएको निर्देशकबाट राम्रो सिर्जना बाहिर आउनेमा आफू विश्वस्त रहेको बताए । नायक प्रदीपले सदैव राम्रो टिमसँग काम गर्ने आफ्नो चाहाना रहेको भन्दै ‘लभ स्टेसन’ मा मिहेनत पूर्वक काम गर्ने जनाए । चलचित्रको छायांकन भदौबाट प्रारम्भ गरिनेछ ।

यस अघि निर्माता गोविन्दले ‘लिलिबिली’ निर्माण गरेका थिए । जून फिल्मले गोपीकृष्ण, गुण लगायतका केही हलमा गौरवमय ५१ दिन प्रदर्शन पार गरेको छ । उक्त अवसरमा केक काट्दै निर्माण यूनिटले सक्सेस पार्टी समेत दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो