पुष्करले चुमे सर्वोत्कृष्ट एरेन्जरको अवार्ड


Filmy Kura, Jun 6, 2018 at 2:20 pm


नेशनल पावर न्युज म्युजिक अवार्डमा गायक, संगीतकार तथा एरेन्जर पुष्कर सुनुवारले सर्वोत्कृष्ट एरेन्जरको अवार्ड हात पारेका छन् । एक दशक भन्दा लामो समय देखि संगीत क्षेत्रमा आबद्ध पुष्करले ‘सरर सरर’ बोलको गीतबाट अवार्ड चुमेका हुन् । जून गीतमा गगन प्रकाश लिम्बुले स्वर भरेका छन् ।

अवार्ड हात परेपछि छोटो प्रतिक्रिया दिदै उनले फिल्मीकुरा सँग भने, ‘यो अवार्डले मलाई थप हौसला सँगै जिम्मेवारी बोध गराएको छ । आगामी दिनमा अझ उत्कृष्ट सिर्जनाका लागि म तल्लीन रहनेछु । मिहेनत गरेपछि सफल भइन्छ भन्थे जून कुरा म यो अवार्ड लिइरहदा महसुस गरिरहेको छु ।’ भर्सटाएल पुष्करले गाएका थुप्रै गीतले श्रोताको मन जितिसकेको छ । उनले भरेको संगीतमा चल्तीका गायक गायिकाले आफ्नो सुमधुर आवाज मिसाइसकेका छन् । गायक सुनुवारले संगीत क्षेत्रलाई नै निरन्तरता दिने सोच बनाएका छन् ।

उनले गाएको एक गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो