बाबु कान्छा टिजरमा नेपाली बाबुको झल्को, भ्युज कम तर पर्‍यो ट्रेन्डिङमा


Filmy Kura, Jun 6, 2018 at 2:41 pm


सलोन बस्नेत बाल कलाकार भएर खेलेको ‘नेपाली बाबु’ को एक झल्को समावेश गर्दै चलचित्र ‘बाबु कान्छा’ को टिजर रिलिज गरिएको छ । जून टिजरलाई ४० हजार पटक मात्र हेरिएको छ तर नेपाल युट्युव ट्रेन्डिङको छयालिसौ स्थानमा यो भिडियो परेको छ ।

आगामी असार २९ गते चलचित्र रिलिज हुँदैछ । १७ वर्ष अघिका फुच्चे सलोन अहिले जवान भइसकेका छन् । उनले हाल सम्म निभाएको चरित्रमा हास्यरस ज्यादा पाउन सकिन्छ । जून चरित्रलाई दर्शकले निकै मन पराएका समेत छन् । शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार यस चलचित्रमा सलोनको अलवा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला जस्ता सिनियर कलाकारले समेत अभिनय गरेका छन् । सलोनको अपोजिटमा नायिका करिष्मा श्रेष्ठलाई पाउन सकिन्छ । ऋतिक शाही, अश्लिन ज्ञवाली र ज्योत्स्ना महर्जन लगायतका नयाँ अनुहारलाई पनि फिल्ममा अटाइएको छ ।

शोभित स्वयमले निर्माण गरेको हिट फिल्म ‘कर्णवीर’ को ‘चन्द्रमा झै राम्री छौ’ बोलको गीतलाई रिमेक गरेर यो चलचित्रमा राखिएको छ । जून गीत यतिबेला दर्शक श्रोतामाझ लोकप्रिय बनिसकेको छ । फिल्म पत्रकारितालाई मूल पेशा बनाएका रवि अधिकारी चलचित्र ‘बाबुकान्छा’ को कार्यकारी निर्माता हुन् । फिल्मले राम्रो रिजल्ट दिनेमा निर्माता अधिकारी आशावादी रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो