भूकम्पले धकेलिएको यो पागल मनको ट्रेलर रिलिज, असार २९ मा हुनेछ प्रदर्शन


Filmy Kura, Jun 6, 2018 at 3:04 pm


सुटिङ थालनी गर्न निर्माण यूनिट फ्लोर जाने बखत भूकम्प गएर केही महिना पर धकेलिएको फिल्म ‘यो पागल मन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी झण्डै २ मिनेटको ट्रेलर सार्वजनिक गरिएको हो ।


थुप्रै फिल्ममा एसिस्टेन्ट डाइरेक्टर भएर काम गरिसकेका कल्याण अधिकारीले यो चलचित्रको निर्देशन गरेका हुन् । निर्माण सम्पन्न भएको लामो समय पश्चात अब यो फिल्म हलमा लाग्ने पक्का भएको छ । निर्माण यूनिटले जनाए अनुसार आगामी असार २९ गते यो चलचित्र देशव्यापी प्रदर्शनमा आउनेछ । प्रेमकथामा आधारित यस चलचित्रमा विनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुङ्गाना लगायतको अभिनय रहेको छ ।

ट्रेलर रिलिज समारोहलाई सम्बोधन गर्दै कलाकार विनोदले यस फिल्मबाट आफू आशावादी रहेको बताए । उनले यस चलचित्रमा सोलो हिरोको रुपमा आबद्ध हुन पाउँदा खुसी लागेको सुनाए । यस चलचित्रमा एक प्रेमीको चरित्र वहन गरेको उनको कथन थियो । ‘यो पागल मन’ लाई विरेन्द्रकुमार यादवले निर्माण गरेका हुन् । राजदेवी प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रमा राजु किरातीको द्धन्द, कमल राईको नृत्य तथा सम्भु सापकोटाको छायांकन रहेको छ ।

चलचित्रको प्रदर्शन सफल रहोस् भनि निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले शुभकामना व्यक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो