जय भोलेको रोमान्टिक गीत रिलिज, सलोन र स्वस्तिमाको ठुम्का (भिडियो)


Filmy Kura, Jun 14, 2018 at 6:42 pm


चलचित्र ‘जय भोले’ को रोमान्टिक गीत रिलिज भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको गीत सार्वजनिक गरिएको हो ।

पछिल्लो समयका चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटीको आवाज समावेश उक्त गीतमा कलाकार सलोन बस्नेत र स्वस्तिमा खड्काले गजब्बको नृत्य गरेका छन् । टिपिकल नेपाली शब्दको प्रयोग यो गीतमा भएको छ । ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतमा राजन र मेलिना राईको युगल स्वर सुन्न सकिन्छ । पुराना तथा पाका नृत्य निर्देशक बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा सौगात मल्ल, बुद्धि तामाङ, खगेन्द्र लामिछाने समेत फिचर भएका छन् ।

कलाकार खगेन्द्रको लेखन रहेको चलचित्र ‘जय भोले’ लाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजराम पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा लगायतले अभिनय गरेका छन् । बडा दशैमा रिलिज गरिने भनिएको यस चलचित्रलाई किरण शर्मा, कृति शर्मा र अंकित शर्माले मिलेर निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो