फाइभ स्टार होटलमा ठूला कुरा, एकै पटक १० वटा फिल्म निर्माण गर्ने उद्घोष


Filmy Kura, Jun 15, 2018 at 7:52 pm


दरबारमार्गमा रहेको फाइभ स्टार होटल अन्नपूर्णमा एक नयाँ फिल्म मेकरले एकै पटक १० फिल्म निर्माण गर्ने उद्घोष गरेका छन् । कतिलाई यो कुरा सुनिरहदा विश्वास नलाग्न पनि सक्छ । शुक्रबार प्रेस मिट गर्दै झण्डै ८० जना पत्रकारको माझमा उनले गर्वका साथ १० फिल्म क्रमिक रुपमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

फिल्म क्षेत्रका लागि बिल्कुलै नयाँ ती व्यक्ति हाल व्यवसाय गरिरहेका छन् । जसको नाम हो जे गौतम । मुभि मेकर्स प्रालिको व्यानरमा पहिलो फिल्म स्वरुप उनले ‘कस्मिक लभ’ निर्माण गर्नेछन् । समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यो त केवल सुरुवात हो । हाम्रो टिमले तीन महिनाको अन्तरालमा एक फिल्म हलमा ल्याउनेछ । एउटा बनाएर हराउने टिम होइन हाम्रो । हामी अब १० वटा प्रोजेक्ट लगातार गर्नेछौ ।’ डिएन दाहाल र सुरज प्रधानसँग मिलेर जे गौतमले यो सहित अन्य प्रोजेक्ट अगाडि बढाउने योजना बुनेका हुन् ।

स्मरण रहोस् यस अघि केही फाइभ स्टारमा पत्रकार सम्मेलन गर्दै निर्माण घोषणा गरिएका थुप्रै फिल्म निर्माण हुनै सकेनन् । गफको भरमा फिल्म बनाउछु भन्दै खोक्नेहरु अहिले अनामनगरको चिया पसलमा भेटिन थालेका छन् । सेक्स ओरिएन्टेड सर्ट फिल्म निर्देशन गरेर आफ्नो छवि नै धुमिल पारेका शंकर अधिकारी ‘घायल’ ले यो चलचित्रको निर्देशन गर्नेछन् । गीतकार समेत रहेका अधिकारीको नाम समेत परिवर्तन गर्दै एस अधिकारी राखिएको छ । चलचित्रलाई दुई निर्देशकले निर्देशन गर्नेछन् । द्धन्द निर्देशक बिएस बलामी जसले यस अघि निर्देशन गरेका केही फिल्म सुपर फ्लपको सूचिमा छन् । बिएस र शंकरको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन असार ११ बाट सुरु गरिने जनाइएको छ । उक्त अवसरमा फिल्मको स्क्रिप्ट पूजा गर्दै शुभ मुहुर्त गरिएको थियो ।

चलचित्रमा अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्के, रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन, सागर खनाल लगायतले अभिनय गर्नेछन् । यसै चलचित्रबाट रिजन थापा र पुजन थापाले पहिलो पटक नायक नायिकाको रुपमा इन्ट्रि मारेका छन् । रोमान्टिक कमेडी जनराको भनिएको चलचित्र झण्डै एक करोडको लगानीमा निर्माण गरिनेछ । सुरेश बज्रचार्यको छायांकन रहने यस चलचित्रलाई शेखर ज्ञवालीले लेखेका हुन् । ‘कस्मिक लभ’ मा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, विपिन मल्लको सम्पादन, बाबु साहेवको एक्सन रहनेछ ।

यो चलचित्र राम्रो बनोस् भनि चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले शुभकामना दिएका थिए । चलचित्र संघका अध्यक्ष उदयले भने नयाँ मेकरलाई धेरैले फिल्मबाट राम्रो पैसा कमाइ हुने आश्वासन देखाउँदै फसाउने प्रवृति झन् झन् बढ्दै गएको प्रति सेचत पारेका थिए । उनले यहि कारण नयाँ मेकर पहिलो फिल्म बनाउन साथ हतोत्साहित हुने गरेको तर्क गरे । साथै निर्माता संघका अध्यक्ष आकाशले फिल्म प्रोजेक्ट नेपालमा पनि बाहिरी देशमा जस्तै इन्योरेन्स प्रक्रियामा लैजानका लागि हाल संघ मार्फत कार्य भइरहेको अवगत गराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो