तिमी हुन्छौ जहाँ जहाँ टिमले गर्‍यो विद्यार्थी भेट देखि पत्रकारसँग अन्तरक्रिया


Filmy Kura, Jun 17, 2018 at 2:19 pm


चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिमको मोफसल टुर निकै प्रभावकारी बनेको छ । फिल्मका शीर्ष कलाकार सहित निर्माता तथा निर्देशक सहभागी चार दिने टुरमा यो यूनिटले पत्रकारसँग अन्तरक्रिया गर्ने दखि विद्यार्थीमाझ आफ्नो फिल्मको बारेमा जानकारी गराएको थियो ।

असार ८ गते प्रदर्शन हुने फिल्मको पर्याप्त जनाकारी दिने उद्देश्य सहित मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन, हेटौडा, धरान र विराटनगरमा यो यूनिट पुगेको हो । टुरमा नायिकाद्धय मलिना जोशी र तमन्ना केसीको साथ नायक मनिष सुन्दर श्रेष्ठ सहभागी भएका थिए । फिल्मका निर्माता प्रकाश बाँस्कोटाले फिल्मको प्रचारात्मक टुर फलदायी सावित भएको तर्क गरे । यता फिल्मका मिडिया को–अर्डिनेटर सुरज पौडेलले चलचित्र प्रति दर्शकको चासो विगत भन्दा झन बढेको भन्दै देशकै कर्णधार भनिएका विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गर्दा प्रचार प्रसार प्रभावकारी बनेको दाबी गरे ।

नायक मनिषका लागि समेत यो फिल्म चल्नै पर्ने दबाब छ । किनकि यस अघि उनी अभिनित फिल्म ‘रानी’ दर्शक रिझाउनबाट चुकेको थियो । यता डेव्यु हिरोइन तमन्ना केसीको समेत भविष्य यसै फिल्मले निर्धारण गर्नेछ । मलिनाको हकमा भने उनी अभिनित फिल्म चले पनि नचले पनि उनलाई निर्माताले फिल्म लिइनै रहेका छन् । पेशाले सम्पादक रहेका विकास बस्यालले यो चलचित्रको निर्देशन गरेका हुन् । मदन दवाडी प्रस्तुत ‘तिमी हुन्छौ जहाँ जहाँ’ यूनिट यतिबेला भने काठमाडौं फर्किएको छ । अबको ५ दिन पछि दर्शकले नजिकको सिनेमा घरमा यो फिल्मलाई हेर्न पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो