सेनले निर्माण गर्ने मेरी मामुमा बाधियो अश्लेषा र शारुकको जोडी


Filmy Kura, Jun 17, 2018 at 3:26 pm


निर्माता सन्तोष सेनले निर्माण गर्ने चलचित्र ‘मेरी मामु’ को लागि नायिका अश्लेषासँग नायक शारुकको जोडी बाधिएको छ । निर्माता सेनको यो चौथो प्रोजेक्ट हुनेछ भने आशुषेन कै व्यानरमा बन्ने फिल्ममा अश्लेषाको यो दोस्रो चलचित्र ।

आमा र छोराबीचको सम्बन्ध बोल्ने भनिएको यस चलचित्रमा सेनकै छोराले बाल कलाकारको भूमिका निर्वाह गर्नेछन् । आयुव केसी जो भर्खर ६ वर्ष मात्र पुगेका छन् उनको लागि समेत यो च्यालेन्जको विषय बनेको छ । किनकि फिल्मका मुख्य हिरो नै आयुव हुन् । आमाको रोलमा भने कुसुम गुरुङले अभिनय गर्नेछिन् । अश्लेषा ‘प्रेमगीत २’ गरेपछि रेष्टमा थिइन् । यि कलाकारको अलवा भुवन चन्द, सानु ताम्राकार, दुर्गा मल्ल ठकुरी, कृजन गौतम र शुभम विष्ट समेत फिल्मका लागि फाइनल भइसकेका छन् । चलचित्र लेखनमा सक्रिय यम थापाले यो चलचित्रको निर्देशन गर्नेछन् । फिल्मको रिलिज डेट समेत निर्माण पक्षले सार्वजनिक गरेको छ । आगामी भदौ १५ लाई रिलिज मिति तोकेको यो यूनिट अब छिट्टै फ्लोरमा जानेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो