दुई गीत हिट भएपछि भैरे ट्रेलर आउट, दर्शक तान्न प्रयोग गरियो यस्तो शब्द (भिडियो)


Filmy Kura, Jun 19, 2018 at 4:01 pm


‘सान्नानीलाई भेट्न आउँदा’ र ‘सनम माया लाको’ दुईवटा गीत हिट भएपछि चलचित्र ‘भैरे’ को अफिसियल ट्रेलर आउट गरिएको छ । फिल्मको ट्रेलरलाई आकर्षक बनाउनका लागि बोली चालीको भाषालाई संवादको रुपमा प्रयोग छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर रिलिज गरिएको हो । एभरेष्ट सूर्य बोहोरा निर्देशित फिल्ममा दयाहाङ राई, विक्रान्त बस्नेत, सुरक्षा पन्त, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्मको ट्रेलर रिलिज समारोहलाई सम्बोधन गर्दै दयाले भने, ‘निर्देशक सूर्य दाई यस भन्दा पहिले मुटु फिल्मको लागि स्क्रिप्ट लिएर आउनु भएको थियो । त्यो प्रोजेक्ट हुन सकेन । हाम्रो सहकार्य भैरेमा आएर हुनु रहेछ । फिल्म राम्रो बनेको छ । यो टिममा आबद्ध कलाकार सबैको काम राम्रो भएको छ ।’ उनले आफू अभिनित फिल्म एकैपटक रिलिज हुने परम्पराले गर्दा मेकरलाई घाटा हुन पुगेको भन्दै अब फिल्म अझ कम गर्ने बताए । ‘भैरे’ को रोल दयाहाङले निभाएका छन् । हिमाली भेगमा सुट गरिएको फिल्ममा दयाहाङको केही फरक अवतार देख्न सकिन्छ ।


यता कलाकार विक्रान्त बस्नेतले लामो समय पछि ‘भैरे’ मार्फत दर्शकमाझ पुन आउन पाएकोमा खुसी लागेको बताए । कलाकारद्धय सुरक्षा र वर्षाले पनि फिल्मको ट्रेलर दर्शकलाई मन पर्न सक्ने तर्क गरे । निर्देशक बोहोराले दयाको भिन्न लुक्स यो फिल्ममा देख्न पाइने बताए । यो चलचित्र साउन ४ गते अल नेपाल प्रदर्शन हुँदैछ । सुगम संगीतमा छुट्टै पहिचान बनाएका गायक यम बराल यो फिल्मका सह निर्माता समेत हुन् । उनले संगीत पाटो उत्कृष्ट रहेको दाबी गरे । त्यसो त पाश्र्व संगीत समेत पहिलो पटक यमले यसै फिल्म मार्फत दिएका छन् ।

चलचित्र सफल प्रदर्शन होस् भनि विभिन्न संघ संस्थाका व्यक्तिले शुभकामना दिएका थिए । केही समय चलचित्रको सम्पूर्ण पक्षलाई लिएर कलाकार र पत्रकारबीच प्रश्न उत्तर समेत चलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो