बदिनीसँग यौन प्यास मेटाउदा बिटुलो भए पन्डित, पन्डित बाजेको लौरी ट्रेलर आउट


Filmy Kura, Jun 23, 2018 at 1:58 pm


बादी समुदायको नारी माथि यौन तृष्णा मेटाउँदा एक पन्डित बिटुलो भएका छन् । बादी र पन्डित दुई समुदाय बीचको दृष्टिकोणलाई चलचित्र ‘पन्डित बाजेको लौरी’ मार्फत चित्रण गर्न खोजिएको छ । जून चलचित्रको ट्रेलर युट्युव मार्फत रिलिज गरिएको छ ।

ट्रेलरमा यौन चाहानाले बेग्र एक पन्डितको यौन मनोविज्ञानलाई देखाउन खोजिएको छ । साउन ४ गते यो चलचित्रले देशव्यापी प्रदर्शनको आरम्भ गर्दैछ । युवा निर्देशक दीपक वली निर्देशित फिल्ममा प्रविण खतिवडा, सन्ध्या केसी, मरिष्का पोखरेल, विजय बराल र प्रमोद अग्रहरी मुख्य भूमिकामा रहेका छन् । यसका अलवा अनुपम भण्डारी, लोकेन्द्र लेखक, कुल्दीप अधिकारी, कमल गाउले लगायतको समेत अभिनय यो फिल्ममा रहेको छ । सदियौ पहिले पन्डित वर्गले गर्ने विभेदलाई समेत फिल्मले उठाउन गरेको छ ।

थमन कुमार भण्डारी निर्मित फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा विक्रम श्वारको नृत्य, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो