निर्देशक पुरनको पिरिम पर्‍या छन् साउन २५ मा रिलिज हुने


Filmy Kura, Jun 23, 2018 at 2:37 pm

चलचित्र पिरिम पर्‍या छन् को पोस्टर रिलिज भएको छ । कमेडी जनराको यो चलचित्रको प्रदर्शन मिति समेत निर्माण यूनिटले तोकेको छ ।
निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।

निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको पोस्टरमा प्रमुख कलाकारलाई अटाइएको छ ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको पिरिम पर्या छन् बिमल ढकालले खिचेका हुन् । निर्देशक पुरनको नयाँ फिल्म फेरि फेरि निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो फिल्मभन्दा अघिनै पुरनले पिरिम पर्या छन् दर्शकमाझ ल्याउन लागेका हुन् । गाउँले परिवेशको समाजीक हाँस्य फिल्मका रुपमा बताइएको पिरिम पर्या छन्का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो