दर्शक प्रतिक्रिया बुझ्न मनिष र तमन्ना पुगे हल, फिल्मको व्यापार सन्तोषजनक


Filmy Kura, Jun 24, 2018 at 12:39 pm


गएको शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को व्यापार सन्तोषजनक रहेको निर्माण यूनिटले जनाएको छ । शनिबार दिवा समय दर्शक प्रतिक्रिया बुझ्न फिल्मका मुख्य दुई कलाकार मनिष सुन्दर श्रेष्ठ र तमन्ना केसी राजधानीका केही हल पुगेका थिए ।


चावहिलमा रहेको गोपीकृष्ण हल र बालाजु बाइपासमा रहेको अष्टनारायण हलमा यि दुई कलाकार पुगेका हुन् । त्यहाँ दर्शकसँगै बसेर फिल्म समेत यि दुईले हेरे । हेरिरहेको फिल्मको कलाकार एक्कासी हलमा प्रत्यक्ष भेट्न पाउँदा दर्शक खुसी भए । मनिषको कामलाई दर्शकले मन पराएका छन् । यता डेव्यु एक्ट्रेस तमन्ना केसीको अभिनय पनि राम्रो रहेको प्रतिक्रिया दर्शकले दिएका थिए । आगामी दिनमा अझ राम्रो फिल्म मार्फत यि दुईलाई हेर्ने इच्छा दर्शकले प्रकट गरे । त्यसो त यतिबेला वल्र्डकपको रौनक र असारे झरीका कारण फिल्मको व्यापारलाई प्रत्यक्ष असर परेको छ । यद्धपि सोलो रिलिजमा आएका कारण पनि चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ लाई केही हद सम्म भएपनि राहत मिलेको छ ।


फिल्मका मिडिया संयोजक सुरज पौडेलले दुई दिनमा फिल्मले अल नेपाल ३० लाखको कलेक्शन गरेको जानकारी दिए । फिल्मकी अर्की मुख्य अभिनेत्री मलिना जोशी भने हलमा पुग्न पाइनन् । उनी अन्य प्रोजेक्टमा व्यस्त छिन् । बी एन्ड बी फिल्मस् प्रस्तुत यो चलचित्रलाई विकास बस्यालले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा मनिष, मलिना र तमन्नाको अलवा स्वरुप पुरुष ढकालको समेत प्रमुख भूमिका रहेको छ । कविराज गहतराज गहतराज र रेनशा वान्तवा राईको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन तथा माधव घिमिरेको पटकथा तथा संवाद रहेको यस चलचित्रलाई मदन दवाडी, दालचन्द्र दवाडी र हरि प्रसाद अधिकारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता भने प्रकाश बाँस्कोटा हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो