ब्ल्याकको कलरफूल ट्रेलर रिलिज, आँचलको प्रेममा चुर्लुम्म आकाश (भिडियो)


Filmy Kura, Jun 28, 2018 at 7:16 pm


‘ब्ल्याक’ नामक चलचित्रको कलरफूल ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रेम, रोमान्स र एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मालाई नै ज्यादा फोकस गरिएको छ । यि दुईबीचको गहिरो प्रेम, विछोड र त्यसपछिको अवस्थालाई ट्रेलरमा चित्रण गर्न खोजिएको छ । नायक आयुष रिजाल नेगेटिभ चरित्रमा रहेको सहजै ट्रेलर हेरेर पत्ता लगाउन सकिन्छ । पुराना लेखक मौनता श्रेष्ठको स्क्रिप्ट रहेको चलचित्र ‘ब्ल्याक’ लाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् ।

आकाश, आँचल र आयुषको अलवा फिल्ममा सुन्दर श्रेष्ठ, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको समेत अभिनय रहेको छ । कुनै सयमका चल्तीका हिरो सुशील र धिरेनलाई यो फिल्ममा कस्तो चरित्रमा देख्न पाइएला त यो कौतुहलताको विषय बनेको छ । चलचित्र आउँदो भाद्र १ गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ । पछिल्लो समय आकाश एक पछि अर्को फिल्ममा आबद्ध भइरहेका छन् । ‘ब्ल्याक’ यदि राम्रो चल्यो भने उनको पहिलो हिट फिल्ममा यहि फिल्म दर्ज हुने पक्का छ । किनकि यस अघि उनी अभिनित फिल्म ‘म तिम्रै हुँ’ र ‘तिमी सँग’ ले बक्स अफिसमा कमजोर कलेक्शन गर्दै फ्लप फिल्मको संज्ञा पाइसकेका छन् । उता आँचलको चर्चा र लोकप्रियता केबल पल शाहको कारण चुलिएको आरोप उनलाई लाग्ने गरेको छ । यद्धपि यी दुईको जोडीले कतिको कमाल गर्ने हुन् त्यो पर्खाइको विषय बन्नु स्वभाविक हो ।

चलचित्रको एक गीत यस अघि नै सार्वजनिक भइसकेको छ । आश्मा पाण्डेको निर्माण रहेको ‘ब्ल्याक’ लाई रामशरण उप्रेतीले खिचेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो