दहि चिउरा खाने दिन हलमा एक्लै ‘ए..सोल्टिनी’


Filmy Kura, Jun 28, 2018 at 7:31 pm

हरेक साता दुईभन्दा बढी फिल्म जुध्दै आइरहेकोमा फ्राइडे रिलिज अन्तर्गत अर्थात १५ असारदेखि भने ए..सोल्टिनी ‘सोलो रिलिज’ हुँदैछ । निमा तामाङ लामाको निर्देशनमा दिलकुमार घलान तामाङले निर्माण गरेको कमेडी कथानक फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।

जिम्बा फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्म बिश्वास भण्डारीले खिचेका हुन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ । यसअघि थुप्रै तामाङ फिल्म निर्देशन गरेका निमा ए सोल्टिनीले आफूलाई नेपाली फिल्म निर्देशनमा पनि स्थापीत गराउने आशमा छन् । फिल्ममा समाबेश झुमताना झुमतान बोलको गीत चर्चामा छ । पूर्णी तामाङको प्रस्तुति रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो