भदौ पहिलो साताबाट मायाङ्क फ्लोरमा जाने, ओस्कार पढेका युवाले गरे हिरोमा इन्ट्री


Filmy Kura, Jun 28, 2018 at 7:47 pm


आउँदो भदौ पहिलो साता सुटिङ फ्लोर जाने लक्ष्य लिएर चलचित्र ‘मायाङ्क’ को औपचारिक निर्माण घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी डेव्यु निर्देशक रोमी मानन्धरको निर्देशनमा चलचित्र बनाउन लागिएको जानकारी दिइएको हो ।

ओस्कार कलेजमा फिल्म विधामा स्नातक गरेका सुशील उप्रेतीले यसै फिल्मबाट नायकको रुपमा डेव्यु गरेका छन् । चलचित्र ‘म त तिम्रै हुँ’ बाट रजतपट भित्रिएका ज्योत्स्ना योगी सुशीलको अपोजिटमा रहने छिन् । त्यसो त फिल्म निर्माण घोषणामा स्टोरी लिग हुन्छ भन्दै अर्की मुख्य अभिनेत्रीको भने नाम समेत गोप्य नै राखिएको छ । यसको अलवा फिल्ममा प्रशान्त ताम्राकारको प्रमुख भूमिका रहनेछ । उनले विगत गरि आएका चलचित्रको भन्दा ‘मायाङ्क’ मा भिन्न चरित्र वहन गर्न लागेको जानकारी दिए । डेव्यु निर्देशक रोमीले फिल्म प्रेमकथामा आधारित हुने बताइन् । चलचित्रलाई जितेन्द्र खतिवडाले निर्माण गर्न लागेका हुन् । पेशाले व्यापार व्यवसायमा संलग्न यिनले फिल्म राम्रो बनाउने प्रयास आफूले गर्ने भनाइ राखे ।

प्याराडाइज पिक्चर्स र माईन्स्क्रिन फिल्मस्को व्यानमा निर्माण हुन गइरहेको यो चलचित्रलाई माघमा रिलिज गराउने लक्ष्य राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो