युथलाई टार्गेट गर्दे बाबुकान्छा यूनिट कलेज कलेजमा, प्रभावकारी बन्दै प्रचार


Filmy Kura, Jun 28, 2018 at 8:22 pm

युथ त्यसमा पनि विशेष गरेर कलेज पढ्ने विद्यार्थी वर्गलाई टार्गेट गर्दै चलचित्र ‘बाबुकान्छा’ को यूनिट यतिबेला दैनिक जसो बिहानी समय उपत्यकाको विभिन्न कलेज कलेजमा पुगिरहेको छ । यस अघि कोटेश्वरमा रहेको हिमालयन कलेज र कुमारीगालमा रहेको क्यारेवियन कलेज पुगेको यो टिम आज बिहान सामाखुसीमा रहेको रेडन कलेज पुगेको थियो ।

असार २९ रिलिज चलचित्र ‘बाबुकान्छा’ को प्रचार प्रसारलाई युथ माझ अझ सशक्त बनाउने उद्देश्य उपर अझै यो टिम केही दिन कलेज क्याम्पेनिङमा जाने भएको छ । एक कलेज स्टुडेन्डको चरित्र फिल्मका मुख्य कलाकार सलोन बस्नेतले निभाएका छन् । उनले कलेज प्रोगाममा पुग्दा विद्यार्थी सँग अन्तरक्रिया गर्दै भनेका छन्, ‘यो उमेर भनेको एटिट्युड देखाउने उमेर हो । सडकको बीचमा हामी छौ र गाढी आएर ड्याम्म लाग्यो भने पनि गाडी कुचिन्छ तर हामीलाई केही हुन्न भन्ने सोच यो उमेरमा आउने गर्दछ । हो यस्तै प्रकारको स्वभाव भएको विद्यार्थीको भूमिका मैले यस चलचित्रमा निभाएको छु ।’ उनले विगत चलचित्र जस्तै यसलाई पनि साथ दिन सबैलाई आग्रह गरेका थिए । विभिन्न कलेज पुग्ने क्रममा उनलाई लेडिज स्टुडेन्टले भने हुटिङका साथ फिल्म हेर्न आउँछौ भनि वचन दिएका थिए । यस चलचित्रमा सलोनको प्रेमिकाको भूमिकामा नायिका करिष्मा श्रेष्ठले अभिनय गरेकी छिन् । उनको पनि दिनचर्या अचले कलेज पुगेरै बित्ने गरेको छ । चलचित्रका लेखक तथा निर्देशक शोभित बस्नेतले फिल्मको गुँदी नै बलियो भएका कारण ज्यान दिएर प्रचार प्रसारमा खटिएको फिल्मीकुरालाई बताए । फिल्मलाई यो पटक सबै वर्गले रुचाउने हिसाबमा निर्माण गरेको निर्देशक बस्नेतको दाबी छ ।

त्यसो त केही दिन पहिले मात्र पत्रकार सम्मेलन गरी फिल्मको विषयमा जानकारी समेत दिइएको थियो । फिल्मी करिअरमा धेरै चलचित्र निर्देशन गर्ने निर्देशकको अग्रपङ्तीमा शोभितको नाम आउछ । यो पटक उनको प्रयासलाई दर्शकले कतिको रुचि पूर्वक लिने हुन् त्यो भने असार २९ सम्म कुर्नै पर्ने हुन्छ । सलोनले समेत फिल्म क्षेत्रमा १७ वर्ष खर्चि सकेका छन् । अभिनयले निखारिएका उनको यात्रा अझ यो फिल्म पश्चात रोमान्चक बन्ने अनुमान गरिएको छ । फिल्मको प्रचारमा बरिष्ठ कलाकार सरोज खनालले समेत साथ दिएका छन् । उनले एक प्रोफेसरको भूमिका चलचित्रमा बहन गरेका छन् ।

सलोन, करिष्मा र सरोजको अलवा फिल्ममा ऋतिक शाही, नीर शाह, सम्राट सापकोटा, राजाराम पौडेल, लय संग्रौला, मन्जु पौडेल, ज्योत्स्ना महर्जन र अश्लिन ज्ञवालीले अभिनय गरेका छन् । तीन दिन पहिले युट्युवमा रिलिज गरिएको ट्रेलरलाई २ लाख बढी पटक अर्गानिक भ्यूज मिलेको छ । साथै ट्रेलर युट्युव ट्रेन्डिङको २५ औं स्थानमा परेको छ । एक्सन, लभ, कमेडी र रोमान्स सबै कुराको समिश्रणमा तयार चलचित्र ‘बाबुकान्छा’ सलोन सलिना फिल्म प्रस्तुत चलचित्र हो ।

केही दिन पछि फिल्मको लभ सङ रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो