यस्तो बनेर आयो साम्राज्ञी र धिरजको इन्टु मिन्टु लन्डन टिजर (भिडियो)


Filmy Kura, Jun 28, 2018 at 8:56 pm


साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर चलचित्र ‘इन्टु मिन्टु लन्डन’ माको टिजर रिलिज गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक गरिएको हो ।

लन्डनमा सुट गरिएको फिल्मको टिजरमा माया र प्रेमका भाव साम्राज्ञी र धिरजले व्यक्त गरेको पाउन सकिन्छ । अफिसियल पोस्टरमा शीर्षद्धय कलाकार धिरज र साम्राज्ञी छाएका छन् । साम्राज्ञी नेपाली सिने क्षेत्रको अहिलेको निकै चल्तीको नायिकामा पर्छिन । यता धिरजले यसै चलचित्रबाट हिरोको रुपमा डेव्यु गरेका हुन् । उनको लुक्स निकै राम्रो छ । अब अभिनयले दर्शक तारिफ कतिको बटुल्लान यो भने प्रतिक्षाको विषय बनेको छ ।

लामो समय कोरियोग्राफीमा संलग्न रेनशा बान्तवा राईले यो चलचित्रको निर्देशन गरेकी हुन् । महिला निर्देशकमा उनको नाम कुन स्थान सम्म आइपुग्ला यो पनि उनको लागि अर्को परीक्षा हो । शैलेन्द्रध्वज कार्कीको छायांकनमा तयार यस चलचित्रमा रेनशा र प्रज्वल एसविजे राणाको कथा रहेको छ । अभिमन्यु निरवीको स्क्रिनप्ले रहेको चलचित्र आउँदो असोज ५ गते रिलिज गरिने बताइएको छ ।

आइकोर फिल्मस् प्रालिको व्यानरमा प्रभु एसबिजे राना र प्रज्वल एसबिजे राना निर्मित यस फिल्म विसुद्ध प्रेमकथामा आधारित छ । जुन फिल्मले युवा वर्गको प्रेमलाई पर्दामा बोल्नेछ । चलचित्रमा साम्राज्ञी र धिरजको अलवा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, बबी राणा र विवेक लिम्बुले समेत अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो