‘चि मुसि चि’ को ट्रेलर रिलिज, डायलगमा अटाए ३३ किलो सुन देखि प्रहरीको कुरा


Filmy Kura, Jun 29, 2018 at 7:47 pm


असार १५ दहि चिउरा खाने दिन चलचित्र ‘चि मुसी चि’ को युट्युव मार्फत अफिसियल ट्रेलर रिलिज गरिएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा ३३ किलो सुन देखि नेपाल प्रहरीको कुरा डायलगमा अटाइएको छ ।

सिल्भर लेक पिक्चर्सका लागि अनिल पाण्डे र प्रिन्स युवराज खत्रि प्रस्तुत यो चलचित्रलाई दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा चल्तीका अनुहार नभएपनि सम्भावना बोकेका कलाकार रहेका छन् । आगामी श्रावण ११ लाई प्रदर्शन मिति तोकिएको यस चलचित्रमा सुनिल क्षेत्री, एलिशा शर्मा, सुशान्त कार्की, कमली वाइवा, सशाङ्क बस्याल, शेखर सुवेदी, शिवराज कार्की लगायतको अभिनय रहेको छ ।

चलचित्रमा अरुण गुरुङ, महेश्वर खत्रि, सुवास भूर्तेल र देव गुरुङको लगानी रहेको छ । बासु न्यौपानेको छायांन रहेको चलचित्रमा सुरज अधिकारी, करणराज कार्की र रेजन क्षेत्रीले संगीत भरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो