सामाखुशीमा खुल्यो लेकाली स्टुडियो


Filmy Kura, Jul 16, 2018 at 5:29 pm


राजधानीको सामाखुशीमा लेकाली रेकर्डिङ स्टुडियो संचालनमा आएको छ । करण थापा र पूर्ण बुढामगरले खोलेको सो स्टुडियो र करण फिल्मस् प्रोडक्सनको आइतबार चर्चित लोकगायक राजु परियारका साथमा कानून ब्यबसायिक सुरज भुसाल तथा संचालक पूर्ण बुढाले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा गायक परियारले स्टुडियोको नाममै नेपाली मौलिकता रहेको इंगीत गर्दै यसबाट गुणस्तरिय गीतसंगीत उत्पादन हुने बिश्वास ब्यक्त गरे । त्यसैगरी, कानून ब्यबसायिक भुसालले नेपाली गीतसंगीत तथा चलचित्र क्षेत्रमा नयाँ खुलेको स्टुडियो र फिल्म प्रोडक्शन कम्पनीले टेवा पुर्याउने बिश्वास ब्यक्त गरे । करण फिल्मस्का प्रमुख करण थापाले फिल्म कम्पनी तथा रेकर्डिङ स्टुडियोमार्फत आफूहरु गुणस्तरिय सृजना पस्कने प्रयत्नमा रहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो