दौरा सुरुवाल र गुन्यु चोलीमा कार्टुन्ज क्रुको नयाँ भिडियो


Filmy Kura, Jul 16, 2018 at 5:57 pm

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।
आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोम उनको छोटो भुमिका छ । गीतमा गायक सरोज ओली र स्मिता दाहालले आवाज दिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो